१ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अरुण भ्यालीले पायो अनुमति


काठमार्डौं । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको विद्युत् नियमन आयोगले अनुमति दिएको छ । आयोगले कम्पनीलाई चुक्तापुँजी १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले १:१ को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेको थियो । कम्पनीको असार ७ गते, सम्पन्न भएको विशेष साधारण सभाले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना ९३० मे.वा.०को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेको छ।

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले निर्णय गरेको छ।