काठमाडौँ । अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर ०.९० प्रतिशतमा झरेको हो ।
बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५७ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । असार २५ गते सोमबार ५७ खर्ब १३ अर्ब रुपैयाँ रहेको निक्षेप एकदिनमा २३ अर्ब रुपैयाँले बढेको हो ।
बैंक तथा वित्तीय संस्थाले गर्ने कर्जा प्रवाह भने घटेको छ । असार २५ सोमबार ४८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको निक्षेप असार २६ गते मंगलबार ७ अर्ब रुपैयाँले घटेर ४८ खर्ब ५४ अर्ब रुपैयाँमा झरको हो ।
बैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्