नेप्सेमा १२ अंकको वृद्धि, लगानीकर्ताको आर्कषण शिवम् सिमेन्टमै


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मपक सूचक नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.९० अंकले बढेर ३९४.१५ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड, १३ लाख ११ हजार ३ सय ७२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा सनराइज फोकस इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.५६ प्रतिशतले घटेको छ ।

कुल २८६ कम्पनीको ७ करोड १८ लाख ४२ हजार ५४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५ सय ७३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।