बैंक मर्जरपछि सिभिल लघुवित्तको नाम परिवर्तन


काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय ंसंस्था लिमिटेड भएको छ । राष्ट्रियस्तरको ‘घ’ वर्गको सिभिल लघुवित्त साविक सिभिल बैंक लिमिटेडको सहायक कम्पनीकोरुपमा वित्तीय कारोबार गरिरहेको थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् सो लघुवित्त वित्तीय संस्था हिमालयन बैंकको सहायक कम्पनी भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै सिभिल लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त कायम भएको जनाएको छ ।