साउन ८ देखि टाटा मोटर्सको ‘मनसून म्याजिक’, इन्धनका गाडीसँग विद्युतीय गाडी साट्न सकिने


काठमाडौँ । साउन ८ गते (सोमबार)देखि नेपालभरिका टाटा शोरूमहरूमा ‘मनसुन म्याजिक’ सुरू हुने भएको छ । पछिल्लो समय नेपाली बजारमा इभी गाडीहरू प्रति ग्राहकहरूको चासो बढिरहेको बेला उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।

प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्यूनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएकाले विगतका दिनमा इन्धनबाट चल्ने कारहरू विद्युतीय गाडीसँग साट्ने क्रम बढ्दो छ।

ग्राहकका यही अनुरोध र मागलाई ध्यानमा राखेर सोमबार (साउन ८ गते) देखि सिप्रदीको नेपालभरी रहेका टाटा मोटर्स शोरुमहरूमा मनसुन म्याजिक एक्सचेन्ज क्याम्प सुरू हुँदैछ।

उक्त कार्यक्रमका जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नेक्सन इभीसँग साट्न सकिने ,एकै ठाउँबाट गाडीको मूल्यांकन न्यूनतम चार लाख रुपैयाँको गाडी मूल्यांकन गर्न सकिने, इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा, गाडी सम्बन्धी दक्ष प्राविधिकद्वारा परामर्श तथा सल्लाह सुझाव, नयाँ गाडीको बुकिङ तथा मूल्यांकनसँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिज जस्ता विषयमा फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।

यस्तै, शोरुममा गएर आफ्ना गाडीलाई टाटा मोटर्सका विद्युतीय गाडीहरूसँग साटेर फाइदा उठाउन सक्नेछन्।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था गरिएको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुम मा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको कम्पनीको भनाइ छ।