बैंक तथा वित्तीय संस्थाहरुबिच ग्राहकको सूचना आदानप्रदान गर्न राष्ट्रिय परिचयपत्रलाई केवाइसीमा जोडिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रलाई बैंक तथा वित्तीय संस्थाहरुबिच ग्राहकको सूचना आदानप्रदान गर्नको लागि सहज बनाउन केन्द्रीय ग्राहक पहिचान (केवाइसी) प्रणालीमा आवद्ध हुने गरी सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्रलाई केन्द्रीय ग्राहक पहिचान (सेन्ट्रलाइज केवाइसी) प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने उल्लेख गरेको हो ।