लघुवित्तहरुलाई मर्जरमा लैजाने राष्ट्रबैंकको तयारी


काठमाडौं । नेपाल राष्ट्रबैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा लैजाने तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकले यही आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तहरुलाई मर्जरमा लैजाान प्रोत्साहन गर्ने नीति लिएको छ ।

राष्ट्रबैंकले सार्वजनि गरेको मौद्रिक नीतिको बुँदा नम्बर १०७ मा ‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिनेछ।’ उल्लेख गरेको छ ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने घोषणा गरिएको छ ।