ज्योति विकास बैंकले मनायाे १५ औं वार्षिकोत्सव, देशभरी १२१ शाखा विस्तार


काठमाडौँ । ज्योति विकास बैंक १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले श्रावण ९ गते कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी स्थापनाको १५ औं वार्षिकोत्सव मनाएको हो ।

बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काको सभापतित्व रहेको कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गरेका थिए । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो । नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पदक तथा कदर–पत्र सम्मानित गरिएको छ ।

१५ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । रक्तदान, वातावरण सरसफाई सम्बन्धि कार्यक्रम, वृक्षारोपण जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन समेत अनुरोध गरे ।

यस्ता छन् ग्राहक लक्षित वार्षिकउत्सव विशेष योजना

बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा १५ रुपैंयामा अतुलनीय विशेषता सहितको “सुपर स्मार्ट सेभिङ एकाउन्ट” योजना सार्वजनिक गरेको छ ।

बैंकले वार्षिकउत्सवकाे अवसरमा विभिन्न वालेटमा ज्याेतीकाे खाता लिंक गर्दा बाेनस दिने भएकाे छ । यहि अवसरमा साउन १४ सम्म ज्योति विकास बैंकको खाता इसेवामा लिंक गर्ने सम्पूर्ण ग्राहकहरुलाई रु.१५० बोनस तथा खल्ती एपसँग पहिलो पटक ज्योति विकास बैंकको खाता लिंक गर्ने ग्राहकले रु. १०० बोनस प्राप्त गर्ने छन् ।