भिजि ईम्पेक्स र एभरेष्ट बैंकबिच सम्झौता, जि.डब्लु.एमका विभिन्न गाडीमा फाइनान्सिङ सुविधा


काठमाडौँ । भि.जि. ईम्पेक्स प्रा.लि. र एभरेष्ट बैंकबिच सम्झौता भएको छ । नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।

आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौतामा भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।

जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ सहकार्य गरिएको जनाइएको छ । कम्पनीका अनुसार यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेन्ट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेकोले ग्राहकहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआई (ब्याजदर ) सहितको अधिकतम ८०% ऋण उपलब्ध गराउने उल्लेख गरेको छ । कम्पनीले ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी आरओआई (ब्याजदर) १०.८०%८ रहने जनाएको छ । कम्पनीले शर्तहरु भने लागु हुने उल्लेख गरेको छ ।