आँखुखोला जलविद्युतले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त


काठमाण्डौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडबीच कम्पनीको संचालक समितिको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई १ः१.५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा तथा आफ्नो शेयर रजिष्ट्रारको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको जनाएको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा शेयर रजिष्ट्रार सम्बन्धि सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

धादिङ्ग जिल्लामा रहेको आँखुखोलाको औसत बार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशत भन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको कम्पनीले जनाएको छ ।