नेप्सेमा २९ अंकको गिरावट, शिवम् सिमेन्टमा आर्कषण कायमै


काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेप्सेको गिरावट कायमै रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक २९.७१ अंकले घटेर २१२६.४८ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ५.२६ अंकले घटेर ४०३.८४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा एनआईसी एसिया फेलेक्सी क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य ७.३९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.६८ प्रतिशतले घटेको छ ।

कुल २७१ कम्पनीको ६२ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५ सय ६४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।