सिटिजन्स बैंकको नाफा २ अर्ब २१ करोड रूपैयाँ


काठमाडौँ । सिटिजन्स बैंक इन्टनरेशनले गत आर्थिक बर्षमा २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ । बैंकले चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्ष भन्दा १०ं.४१ प्रतिशतले वृद्धि भएर नाफा २ अर्ब २१ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक बर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो ।

बैंकको प्रति सेयर आम्दानी भने बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा १४.१२ प्रतिशत रहेको प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७९/८० मा १५.५९ रुपैयाँ पुगेको छ । बैंकको नेटवर्थ १५०.०८ रुपैयाँ छ । आधार ब्याजदर १०.५१ प्रतिशत रहँदा स्प्रेड दर ४ प्रतिशतमा झरेको छ । सिटिजन्स बैंकको सीडी रेसियो भने ८२.४० प्रतिशत रहेको छ ।