सेयरबजारको विकास तथा विस्तारको एउटा महत्वपूर्ण वित्तीय औजार सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हो । सीमित खेलाडीका कारण छोटो समयमै सेयर बजारमा ठुलो उत्तारचढावको समस्या देखिएपछि सरकारले बजारलाई स्थिर बनाउने उद्देश्यसहित संस्थागत लगानीकर्ताको रूपमा म्युचुअल फण्डको अवधारणा ल्याएको हो ।
सेयर बजारमा म्युचुअल फण्डको प्रवेशसँगै सीमित खेलाडीले सेयर बजार घटबढ गराएर फाइदा लिन नसकून् भन्ने सरकारको अपेक्षा थियो । म्युचुअल फण्डले बजारमा हुने उतारचढावलाई नियन्त्रण गरी बजारलाई स्थिर बनाउन सहयोग पु¥याउने अपेक्षा लगानीकर्ताको हुन्छ तर नेपाली बजारमा आएका म्युचुअल फण्डले भने ठिक विपरीत कार्य गरेको भन्दै आलोचना हुने गरेको छ ।
म्युचुअल फण्डहरूले बजार बढेको बेला सेयर किन्ने अनि घटेको बेला सेयर बेचेर निस्किने प्रवृत्ति हावी भएको सेयरबजारका जानकारहरू बताउँछन् । सर्वसाधारणहरूबाट ससानो पुँजी सङ्कलन गरी म्युचुअल फण्डहरूले अर्बौंं रूपैयाँको कोष निर्माण गरेका हुन्छन् ।
सर्वसाधारणबाट सङ्कलन गरेको रकमलाई बैंकको निक्षेपमा लगानी गर्न पल्केका म्युचुअल फण्डले सेयरबजारमा उल्लेखनीय सहयोग नगरेको लगानीकर्ताको ठहर छ ।
गलत भाष्य स्थापित भयो
पछिल्लो समय म्युचुअल फण्डले बजार बिगार्यो भनेर गलत भाष्य स्थापित भएको छ । म्युचुअल फण्डको काम बजारमा सन्तुलन ल्याउने होइन । म्युचुअल फण्ड भनेको जसलाई सेयरबजारको ज्ञान छैन । उनीहरूसँग ठुलो लगानी गर्ने क्षमता छैन, त्यस्ता मानिसहरूको सानो सानो पुँजी लिएर सुरक्षित लगानी गरिदिने एउटा माध्यम हो ।
ठुला खेलाडीले मार्केटमा सेयर किन्ने उनीहरूको सेयर घट्न लाग्यो भने बढाउनको लागि म्युचुअल फण्डमा भएको गरिबको पैसा उपयोग गर्ने हो ? यो त उल्टो भएन र ? म्युचुअल फण्डमा सामान्य मानिसका पैसा हुन्छन् । १०० रूपैयाँ २ सय रूपैयाँ १ हजार रूपैयाँ आइपीओ भरेका तिनीहरूको पैसा लगेर ठुला लगानीकर्ताको पैसा घट्ला कि भनेर फसाइदिनु त भएन नि । केही लगानीकर्ताहरूले म्युचुअल फण्डलाई आरक्षण दिनु हुँदैन भनेको पनि सुनिन्छ । म्युचुअल कुनै एक अमुक व्यक्ति नभई लगानीकर्ताहरूको समूह हो । म्युचुअल फण्डको काम बजारलााई सन्तुलन बनाउने होइन । यो काम स्टक डिलरको हो । म्युचुअल फण्ड आमनागरिकको सानो सानो पुँजी जम्मा पारेर लगानी गर्ने हुनाले बचेर काम गर्नुपर्छ ।
म्युचुअल फण्डले लगानीकर्तालाई विषेशज्ञ सेवा दिन्छन् भन्ने मुख्य उद्देश्य रहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । “जसलाई सेयरबजारको बारेमा ज्ञान छैन; फुर्सद छैन; ठुलो लगानी गर्ने क्षमता छैन; त्यस्ता लगानीकर्तालाई म्युचुअल फण्डले सहयोग गर्दछ,” पराजुली भन्छन् । म्यूचअुल फण्डले आफ्ना एकाइ बेचेर ठुलो पुँजी जम्मा गर्ने हुँदा पुँजीका आधारमा बलियो हुन्छन् र उनीहरूले बजारलाई सन्तुलनमा ल्याउन सहयोग पु¥याउने प्रवक्ता पराजुलीले बताउँछन् ।
नियमाकीय निकायहरूले सेयरबजार प्रभावित हुने गरी नीति निर्माण गर्दा सेयरबजारमा लगानीको वातावरण नभएको एक मर्चेन्ट बैंकर बताउँछन् । “हामीले, ससाना हजारौँ लगानीकर्ताको पुँजीको जिम्मेवारी लिएका हुन्छौँ । उनीहरूको पुँजी व्यवस्थापन गरेर राम्रो प्रतिफल दिनु नै हाम्रो कर्तव्य हो,” उनले भने ।
के हो म्युचुअल फण्ड ?
म्युचुअल फण्ड एक प्रकारको लगानी योजना हो, जसले बचतकर्ताबाट रकम सङ्कलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्र लगायतका विभिन्न धितोपत्र औजारहरूमा लगानी गर्छ । यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरूलाई नै फिर्ता गर्छ । म्युचुअल फण्डको संरचनामा कोष प्रवद्र्धक, कोष सुपरीवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् ।
म्युचुअल फण्डले सामूहिक लगानीबाट सङ्कलित पुँजीले विभिन्न योजनाहरू सञ्चालन गर्ने गर्छन् । सामूहिक लगानी योजना ट्रष्टको रूपमा स्थापना हुन्छ । म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाहरू बन्दमुखी योजना र खुलामुखी योजना गरी दुई प्रकारका हुन्छन् । नेपालमा कम्पनीको आईपीओ सामान्यता प्रतिकित्ता रू.१०० मा पाइन्छ भने यस्ता फण्डको एकाइ प्रतिकित्ता रू.१० मा पाइन्छ । एकाइ पनि आईपीओ जसरी नै सार्वजनिक निष्कासनमा ल्याइन्छ ।
नेपाल धितोपत्र बोर्डमा हालसम्म १९ वटा सामूहिक लगानी कोष दर्ता भएका छन् । यी कोषअन्र्तगत सेयरबजारमा विभिन्न योजनाहरू सञ्चालित छन्, जसमध्ये २८ वटा बन्दमुखी योजना र ४ वटा खुलामुखी योजना सञ्चालनमा हुँदा ३२ अर्ब रूपैयाँभन्दा बढी रकम पुँजी परिचालन भएको बोर्डले जनाएको छ ।
म्युचुअल फण्ड आफैमा लगानीकर्ता हो
म्युचुअल फण्ड भनेको धेरै जनाले बुझ्नुभएको जस्तो लाग्दैन । म्यूचअुल फण्ड पनि आफैमा लगानीकर्ता हो । हामीकहाँ ४० अर्बको म्यूचअल फण्ड छ । अहिलेको मार्केट भनेको २८ देखि ३० खर्बको छ । सेयरबजारमा म्युचुअल फण्डहरूले २० प्रतिशत लगानी गर्नैै पर्ने प्रावधान रहेको छ ।
बजारमा म्युचुअल फण्डहरूले सेयर घट्दा सेयर किनिदिन्छ । हाम्रो घाटा जोगाइदिन्छ, बढेर जाँदा सेयर बेचेर किन्न दिन्छ अनि हामीले बेच्छौँ भन्ने जुन अपेक्षा छ, त्यो गलत हो । अरूले व्यक्तिगत पैसा लगानी गर्दछन् हामीले साना लगानीकर्ता र संस्थागत लगानीकर्ताको पैसा जम्मा गरेर लगानी व्यवस्थापन गरिदिने हो । छिमेकी मुलुक भारतमा १९९० सुरु भएको म्युचुअल फण्ड अहिले कहाँ पुगिसक्यो यता हामी अहिले म्युचुअल फण्ड बेच्न नसक्ने अवस्थामा पुगिसकेका छौं ।
हामी मार्केटको कुरा गर्ने हो भने म्युचुअल फण्डले सेयरमा कि निक्षेपमा लगानी गर्ने हो । म्युचुअल फण्डले पाएको फाइदा भनेको युनिट होल्डरले नै पाउने हो, हामीले त कमिसन मात्रै हो । पछिल्लो समय म्युचुअलको लगानी बढेकै छ । २२ अर्बको सेयर किनेर म्यूचअल फण्ड बसेका छन् भने आजको दिनमा म्युचुअल फण्ड नभएको भए त्यो सेयर बजारमै आउँथ्यो । म्युचुअल फण्ड ५ प्रतिशत आरक्षण पाउँछ भनेर आएका होइनन् । हामीले फण्ड बेच्नको लागि आरक्षण पनि छ है भन्ने मात्रै हो ।
सन्तुलनको अपेक्षा मात्रै
म्युचुअल फण्डले सेयरबजारको उतारचढावलाई सन्तुलन ल्याउनुपर्ने बाध्यकारी नियम नभए पनि सरकारको उद्देश्य बजारमा स्थिरता ल्याओस् भन्ने रहेकोे नेप्सेका अधिकारी बताउँछन् ।
पराजुलीका अनुसार लगानी गर्न नसक्ने सानो सानो पुँजी एकमुष्ट जम्मा भएर बजारमा आओस्, त्यो बैंकिङ च्यालनमा छिरेर हाम्रो अर्थतन्त्रलाई चलायमान गराओस् भन्ने यसको मूल अवधारणा हो । अन्तर्राष्ट्रिय बजारमा पनि ‘एसेस्ट म्यानेजमेन्ट’ कम्पनीहरूको आलोचना हुने गरेको लगानीकर्ता रौनियार बताउँछन् ।
“हाम्रो बजारमा अहिले ३२ वटा म्युचुअल फण्ड छन् तर ती म्युचुअल फण्डका एकाइहरू किनेर लगानीकर्ताहरू कति सन्तुष्ट छन् त ? हाम्रो बजार स्थिर छ, यी म्युचुअल फण्डले बजारमा सन्तुलन ल्याउन हस्तक्षेप गर्न सकेको दैखिँदैन,” रौनियार भन्छन् । बजार घट्न थाल्यो भने यहि हो मौका भनेर सबैभन्दा पहिले यस्ता फण्डहरूले नै सेयर बेचेर आपूर्ति बढाएर बजार झन घटाउन थाल्ने र बजार बढ्न लागेको बेलामा सबैभन्दा धेरै किन्ने गरेको उनको आरोप छ ।
“राज्यले कर छुट दिएर कोटा दिएको छ त्यसले लगानीकर्तालाई के फाइदा भयो बजारलाई के फाइदा भयो र अर्थतन्त्रले के पायो भन्ने कुरामा पनि प्रश्न उठ्छ,” रौनियार भन्छन्, “आइपीओमा उनीहरूलाई कोटा छुट्टाएको हुन्छ, सेयर पाउँछन् । लकिङ पिरियड छैन, आएर बेच्छन्, कमाउँछन्, कर पनि तिर्न पर्दैन ।”
म्युचुअल फण्डको भूमिका
कसैले कुनै सेयरको मूल्य अस्वभाविक रूपले वृद्धि गर्न लागेको अवस्थामा म्युचुअल फण्डले आफूसँग रहेको उक्त सेयर बिक्री गरिदिन्छ, जसको फलस्वरूप त्यस्तो सेयरको आपूर्ति बढ्न गई मूल्यमा स्थिरता आउँछ ।
त्यस्तै सेयरको वास्तविक मूल्यभन्दा अस्वाभाविक रूपमा गिरावट आएको अवस्थामा म्युचुअल फण्डले सेयर खरिद गरीे माग वृद्धि गरिदिन्छ, फलस्वरूप त्यस्तो सेयरकोे मूल्यमा सुधार आउँछ । नेपालको सन्दर्भमा म्युचुअल फण्ड सञ्चालनको इतिहास धेरै लामो नरहेको तथा यसमा लगानी गर्दा हुने फाइदाका बारेमा आम लगानीकर्तालाई जानकारी गराउन नसकिएकाले पनि म्युचुअल फण्डको एकाइ खरिद गर्नका लागि सर्वसाधारण लगानीकर्ता आकर्षित नभएको फण्ड सञ्चालकहरू बताउँछन् ।
बजारको उतारचढावलाई स्थिरता ल्याउने काम म्युचुअल फण्डले नगर्ने ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल बताउँछन् । “केही लगानीकर्ताले बजार घट्दो क्रममा रहेको अवस्थामा म्युचुअल फण्डहरूले सेयर खरिद गरी बजार घट्नबाट रोक्न भूमिका खेल्नु पर्दछ भन्ने कुराहरू गरेको पनि सुनिन्छ,” ढकाल भन्छन्, “म्युचुअल फण्डमार्फत लगानी गरिने रकम पनि तपाईं हामी जस्तै सर्वसाधारणबाट ससानो रकम संकलन गरी उठाइएको हुँदा फण्डमा लगानी गर्ने इकाई धनीहरूको लगानी सुरक्षित गरी उनीहरूलाई उचित मुनाफा वितरण गर्नु हाम्रो प्रमुख उद्देश्य हुन्छ ।”
तसर्थ म्युचुअल फण्ड सञ्चालकहरूले पनि एकाइ धनीप्रति उत्तरदायी भएर सेयर खरिद बिक्री गर्ने सम्बन्धी निर्णय लिनुपर्ने ढकालको भनाइ छ ।
म्युचुअल फण्डको लगानी
बजारमा लगानीको वातावरण बन्दै गएपछि मुद्दती निक्षेपको लगानी घट्दै जाने र बैंकको मुद्दतीबाट आएको ब्याज एकाइ धनीहरूले नै पाउने फण्ड सञ्चालक बताउँछन् । म्युचुअल फण्डको पछिल्ला केही महिनाको विवरण हेर्दा सेयरमा लगानी बढाएको देखिन्छ । फण्डहरूले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको विवरण हेर्दा झण्डै म्युचुअल फण्डले सार्वजनिक निष्काशन, बण्ड, ऋणपत्र र सेयरमा २२ अर्ब रूपैयाँ सेयरमा लगानी गरेका छन् ।
हाल अस्तित्वमा रहेका ३२ वटा म्युचुल फण्डले वैशाख मसान्तसम्म २१ अर्ब ९१ करोड १७ लाख १० हजार ७ सय ९३ रूपैयाँ सेयरमा लगानी गरेका छन् भने ३ अर्ब ९७ करोड ५६ लाख ९४ हजार ९ सय ३६ रूपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् । यीमध्ये ३ वटा म्युचुअल फण्डले १ अर्ब रूपैयाँभन्दा बढी पुँजी सेयरमा लगानी गरेका छन् ।
एनएमबी ५० ले १ अर्ब १३ करोड ३५ लाख ९० हजार ६ सय २१ रूपैयाँ, सिद्धार्थ इक्युटी फण्डले १अर्ब १२ करोड ९६ लाख ३५ हजार १ सय ६४ रूपैयाँ र सानिमा इक्युटी फण्ड १ अर्ब १५ करोड २२ लाख ८ हजार ६ सय ३७ रूपैयाँ सेयरमा लगानी गरेका छन् ।
लगानीकर्तालाई विषेशज्ञ सेवा दिन्छन्
म्युचुअल फण्डले लगानीकर्तालाई विषेशज्ञ सेवा दिन्छन् । जुन लगानीकर्तासँग बजारलाई बुझ्ने फुर्सद छैन; क्षमता छैन; ठुलो लगानी गर्ने क्षमता छैन भने त्यस्ता लगानीकर्तालाई म्यूचुल फण्डले सहयोग गर्दछ । म्यूचुल फण्डले आफ्ना एकाइहरू बेचेर पुँजी जम्मा गर्छ; त्यो पुँजी धितोपत्र बजारमा लगानी गर्दछ; त्यसबाट आएको प्रतिफल तिनै सर्वसाधारण लगानीकर्तालाई फिर्ता गर्दछ । फण्डले साना लगानीकर्ताबाट थोरै थोरै पुँजी संकलन गरेर अरबौंको फण्ड तयार गर्दछ अनि बलियो हुन्छ पुँजीको आधारमा उसँग एउटा जनशक्ति हुन्छ, लगानी गर्ने रणनीति हुन्छ, कम्पनी छनोट गर्ने बैज्ञानिक आधार हुन्छ, अनुभव हुन्छ । जसको आधारमा बढी प्रतिफल हुने क्षेत्रमा लगानी गर्दछ । त्यो प्रतिफल साना लगानीकर्तालाई वितरण गर्दछ ।
ठुलो पुँजी संकलन गर्ने हुनाले म्युचुअल फण्डहरूले मार्केटमा सन्तुलन कायम गर्न सहयोग पु¥याउँछन् । पुँजीको आधारमा जोखिम वहन गर्ने क्षमता हुन्छ । आत्तिएर सेयर बेच्ने र भावनामा बगेर लगानी नगर्ने बजार हल्लाको आधारमा लगानी गर्दैनन् भन्ने हो ।
त्यस्तै एनआइबीएल प्रगति फण्डले निक्षेपमा पैसा नराखी सबै रकम सेयरमा लगानी गरेको छ । फण्डले ५६ करोड ६२ लाख ७० हजार ९ सय ९५ रूपैयाँ सेयरमा लगानी गरेको छ ।
“सेयर बजारमा लगानी गर्ने स्थिति छैन भने मात्रै मुद्दतीमा निक्षेपमा राखिन्छ, कल वा करेन्ट खातामा राख्नुभन्दा मुद्दतीमा राखेपछि आउने ब्याजले आम्दानीमा सहयोग गर्छ,” ग्लोबल आइएमई क्यापिटलका सिइओ ढकाल भन्छन् । म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी गरेर ब्याज खायो भनेर आरोप लगाउनु भन्दा पनि नगद व्यवस्थापन गरिएको उनको तर्क छ ।
मुद्दतिमै आर्कषित
पछिल्लो २० महिनामा सेयरबजारमा ठुलो गिरावट आएको छ । लगानीकर्ताको अरबौंको सम्पत्ति गुमेको छ । सेयरबजारमा गिरावट आउँदा म्युचुअल फण्डको उपस्थिति कमजोर देखिएको सेयरबजारका विज्ञहरू बताउँछन् ।
अहिलेको अवस्थामा हेर्दा म्युचुअल फण्ड साँच्चिकै फण्ड व्यवस्थापनको बाटोबाट गएको भन्ने स्थिति नभएको एक लगानीकर्ताको आरोप छ । रौनियार भन्छन् “मार्केट वियरिस बनेको बेला त उनीहरू पैसा बैंकमा राखेर बस्छन् । बजार घटेको बेला लगानी नगरे बजार बढेको बेलामा लगानी गरेर कसरी लगानीकर्तालाई प्रतिफल दिन सक्छ ? म्युचुअल फण्डले जति भन्दा पनि सुन्दैनन्, जसकारण अहिले दोस्रो बजारमा आइपीओभन्दा पनि कम मूल्यमा किन्न पाइन्छ ।” कुनै समय ३२ सयको उच्चतम अंकमा पुगेको सेयरबजार अहिले १८ सयको हाराहारीमा झर्दा लगानीकर्ताले अर्बौं गुमाएका छन् ।
कुल बजार पुँजीकरण ४३ खर्बसम्म पुगेकोमा अहिले २८/३० खर्बको हाराहारीमा झरेको छ भने दैनिक कारोबार २० अर्ब रूपैयाँभन्दा अधिकसम्म पुगेकोमा अहिले ५० करोडसम्म झरेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरूले म्युचुअल फण्डबाट अपेक्षा गर्नु स्वभाविक भएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष रौनियार बताउँछन् । बजारलाई सन्तुलनमा राख्ने काम म्युचुअल फण्डले नगर्ने एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य बताउँछन् ।
“सेयरबजारमा आउने उतार चढावलाई नियन्त्रण गर्ने काम स्टक डिलरको हो,” आचार्य भन्छन्,“म्युचुअल फण्ड आम नागरिकको सानो सानो पुँजी जम्मा पारेर लगानी गर्ने हुनाले बचेर काम गर्नुपर्छ ।” आचार्यका अनुसार प्रतिफलको हिसाबले म्युचुअल फण्ड त्यति उल्लेखनीय नहोला तर, मार्केट बचाइदिने अरूको पोटफोलियो बढाइदिने काम गर्नु हुँदैन, त्यो उसको काम पनि होइन । ग
उद्देश्य अनुरूप काम गरेजस्तो लाग्दैन
म्युचुअल फण्ड पुँजीबजारसम्बन्धी ज्ञान नभएका लगानी गर्न इच्छुक तर समय नभएका व्यक्तिहरूका पुँजीबजारमा प्रवेश गर्ने सुरक्षित माध्यम हो । जसअनुरूप फण्डहरूले गरिरहेका छन् । फण्डहरूको अर्को महत्वपूर्ण कार्य भनेको मार्केटको उतारचढाव पनि रोक्नु पनि हो । माग धेरै हुँदा दिने र सप्लाई बढी हुँदा किन्ने काम गर्नुपर्दछ । म्यूचुल फण्डसँग ठुलो पुँजी हुने भएकोले स्टक डिलरको हिसाबले पनि कार्य गर्नु पथ्र्यो तर नेपालमा त्यसरी काम गरेका छैनन् ।
हाम्रो भएका म्युचुअल फण्डले आइपीओमा ५ प्रतिशत आरक्षण पाउँछन् । १० कित्ताको प्रावधानले कुनै पनि कम्पनीको आइपीओको कारोबार ३/४ सय रूपैयाँमा हुन्छ अनि म्युचुअल फण्डले एक दिन पनि होल्ड नगरी आईपीओ बेचिदिन्छन् । सबै फण्डले नगरे पनि प्रायले यस्तै गर्दै आएका छन् । म्यूअुल फण्डले पुँजी बजारमा जुन उद्देश्यले काम गर्नुपथ्र्याे त्यसरी गरेजस्तो लाग्दैन । म्युचुअल फण्डहरू धेरै नाफामुखी भए फिक्स डिपोजिटमा पैसा राखे भन्ने कुरा पनि आएको छ । यकिन डाटा त हामीसँग छैन तर उनीहरूको काम पुँजीबजारमै लगानी गर्ने हो ।
(टक्सार म्यागजिन, २०८० असार अङ्क , पृष्ठ ६ देखि ९ सम्म)
प्रतिक्रिया दिनुहोस्