नेप्सेबाट थप ७ वटा ब्रोकर कम्पनीले पाए कारोबारको अनुमति


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ । नेप्से आज शुक्रबार थप ७ वटा कम्पनीलाई ब्रोकर सदस्यता प्रदान गरेको हो ।

ब्रोकर सदस्यता पाउनेमा एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरित्ज प्रालि रहेका छन् ।

जस अनुसार एलिट स्टक हाउस लिमिटेड ब्रोकर नम्बर ६८, इन्डेक्स सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकर नम्बर ७२ , मनि वल्ड शेयर एक्सचेन्ज प्रालि ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ७४ रहेका छन् ।