धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गरिने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आइतबार (आज) वेवसाइट मार्फत चालु आर्थिकको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोनस सेयरमा लाग्ने करलाई नगदलाभांशबाट मिलान गर्ने व्यवस्था गरेको छ ।

हाल केही संगठित संस्थाहरुले बोनस सेयरका लागि लगानीकर्ताहरुलाई कर तिर्न लगाउन पाउने व्यवस्था थियो। धेरै संगठित संस्थाले भने लाभांश घोषणा गर्दा कर प्रयोजनका लागि रकम छुट्याउँदै आएका थिए।

अब संगठित संस्थाहरुले अनिवार्य रुपमा बोनसमा लाग्ने करलाई अनिवार्य रुपमा नगद लाभांशबाट मिलाउन गर्नुपर्नेछ।

बोर्डले चालु आर्थिक वर्र्षको नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीको सेयर निष्काशनका लागि नियमावली बनाउने, बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने विषयलाई निरन्तरता दिएको छ ।

त्यस्तै बोर्डले बोर्डले शर्ट सेलिङ्ग, र इन्द्रा डे कारोवार बारे विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गराउने भएको छ।

धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिने उल्लेख गरेको हो ।

बोर्डले नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न कानुन बाधक देखिएकोले धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने उल्लेख गरिएको छ ।

पूर्णपाठ हेर्न तलकाे लिंकमा क्लिक गर्नु हाेलाः

https://t.me/taksarnews/782