लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको लाभांश घोषणा


काठमाडौँ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरिएको छ ।

कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ ।

लक्ष्मी क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले ती दुई योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।