रिलायबल नेपाल लाइफले साउन २३ गतेदेखि दोस्रो चरणमा आइपीओ जारी गर्ने


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

यस अघि कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका श्रमिकहरुको लागि निष्काशन गरेको थियो । कम्पनीले पहिलो चरणको आइपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणको लागि आइपीओमा आवेदन खुला गर्ने भएको हो ।

कम्पनीले दोस्रो चरणको लागि यहि साउन २३ गतेदेखि प्रिमियमसहितको मूल्यमा सर्वसाधारणको लागि आइपीओ निष्काशन तथा बिक्री ख्ला गर्दैछ ।

प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर २५७ रुपैयाँमा आईपीओ निष्काशन गरिनेछ।

रिलायबलले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न जानकारी दिएको छ।

जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ।

५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका १०० रुपैयाँ छुट्याइएको छ। त्यसपछि सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदनको लागि खुल्दै छ।

लगानीकर्ताले उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५ हजार ४०० कित्ताका लागि साउन २३ गते गतेदेखि साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्।।