नेप्सेमा ५ अंकको वृद्धि, कारोबार रकम २ अर्ब मुनि


काठमाडौं । मौद्रिक नीति सार्वजनिक हप्तादिनपछि सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक पनि २.१८ अंकले बढेर ४०१.८५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट नै अग्रस्थामा रहेको छ । कम्पनीको ८ करोड ८ लाख ८६ हजार ६ सय ५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सनराइज ब्लू चिप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको सेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३१ अंकले बढेको छ ।

कुल २६२ कम्पनीको ५५ लाख ३१ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।