१.१५ अर्ब रुपैयाँको आइपीओ जारी गर्दै होटेल क्राउन इम्पेरियल


काठमाडौं । होटेल क्राउन इम्पेरियल साधारण सेयर आईपीओ जारी गर्ने भएको छ ।

अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटल क्राउनले १ अर्ब १५ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

१०० रुपैयाँ अंकित दरका कुल १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मि क्यापिटलाई दिएको छ ।

जसअनुसार आज बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध सञ्चालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन्।

अर्किड होल्डिंग्सले २०७६ असार १३ गतेबाट काठमाण्डौको रविभवनमा चारतारे होटल ‘होटेल क्राउन इम्पेरियल’ सञ्चालनमा ल्याएको हो।