ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सिमित अवधिका लागि लागु हुने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकका ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा दिँदै आएको जनाएको छ ।