माछापुच्छ्रे बैंकको खुद नाफा बढ्यो


काठमाडौँ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९ ८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७८ ७९ मा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो आर्थिक वर्ष २०७८ ७९ को तुलनामा ९.७५ प्रतिशतले बढि भएको बैंकले जनाएको छ ।

बैंकको वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो नाफा १६ रुपैयाँ ४४ पैसा रहेको थियो ।

बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेको हो ।

बैंकको १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। बैंकको खराब कर्जा अनुपात बढेर २.१२ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा १.०४ प्रतिशत खराब कर्जा रहेको थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ८०.६४ प्रतिशत रहेको छ ।