नेप्सेमा ९ अंकको वृद्धि, शिवम् सिमेन्टमा आर्कषण कायमै


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक १.५६ अंकले बढेर ३९८.२८ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको ११ करोड १९ लाख ३ हजार ५ सय १९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्सेमा आरबीबी म्यूचुअल फण्ड–१ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै प्रभु स्मार्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६९ कम्पनीको ९३ लाख ६१ हजार ७ सय ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड २४ लाख ७३ हजार ८ सय ५६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।