राष्ट्र बैंकको सह–प्रवक्तामा डा. डिल्लीराम पोख्रेल


काठमाडौं । नेपाल राष्ट्र बैंकको सह–प्रवक्तामा निर्देशक डा. डिल्लीराम पोख्रेल नियुक्त भएका छन् । वि.सं. २०५८ सालदेखि राष्ट्र बैंकमा कार्यरत पोख्रेललाई बुधबारबाट लागू हुनेगरी सह–प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिइएको जनाएको छ ।

जापानको ओसाका साङ्ग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पोख्रेल आर्थिक अनुसन्धान विभागमा रहेका थिए ।

यसअघि रहेका सह–प्रवक्ता तथा सूचना अधिकारी निर्देशक नारायणप्रसाद पोख्रेलको आर्थिक अनुसन्धान विभागमा सरुवा भएको छ ।