कृषि कम्पनीले अन्यभन्दा लाभ बढी दिन सक्छन्: सतिसचन्द्र श्रेष्ठ [अन्तर्वार्ता] 


नेप्सेमा सूचीकृत कम्पनी २४९ पुगेका छन् । तीन दशकको धितोपत्र बजारमा हाइड्रो, बिमा, इन्स्योरेन्स, होटेल, बैंक, लघुवित्त, ट्रेडिङ लगायतका क्षेत्रले नेप्सेमा सूचीकृत भैरहँदा कृषि उत्पादनसँग सम्बन्धित कम्पनीहरूको संख्या नगण्य छ । पछिल्लो समयमा करिब आधा दर्जन लिमिटेड कम्पनी धितोपत्र बजारमा जाने योजनाकासाथ अगाडि बढिरहेको पाइएको छ  । दुई दशकभन्दा बढी निरन्तर पशुपालनको क्षेत्रमा सफल विजनेस गर्दै आएको श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको नामबाट साधारण सेयर (आईपीओ)मा जाने योजनासहित अगाडि बढिरहेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजबिच आईपीओ निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो । कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता समन्वयकार भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो । एक अर्ब चुक्ता पुँजीको कम्पनी बनाएर अगाडि बढ्न लागेको श्रीनगरका संस्थापक हुन् सतिसचन्द्र श्रेष्ठ । श्रीनगरको दुई दशक बढीको सफल यात्राका सारथी श्रेष्ठसँग कृषि कम्पनीलाई आईपीओमा लैजाने विषयमा केन्द्रित भएर गरेको छोटो कुराकानी: 


कृषिप्रधान मुलुक भएर पनि कृषिमा मुलुकले फड्को नमारेको परिस्थितिमा दुई दशक यताको कृषि उद्यमशीलता कति चुनौतिपूर्ण, कति अवसरयुक्त रह्यो? 

मेरो पृष्ठभूमी बैंक हो । बैंकिंग क्षेत्रमा काम गरिरहँदा सिटी बैंकको राम्रै जागिर छाडेर यतै कृषि क्षेत्रमा रमाउन खोजेको हुँ । केही उतावचढावलाई थाति राख्ने हो भने श्रीनगर एग्रोको पछिल्लो दुई दशक बढीको यात्रा निकै सफल र सन्तुष्ट यात्राका रूपमा मैले लिएको छु । दुई चार हजार कुखुरा पालेर सुरु गरेको पोल्ट्री फार्मबाट सुरु भएको श्रीनगरको यात्रा हाल ५ हजार कृषकको रोजिरोटीसँग जोडिएको छ । वार्षिक १०० करोडभन्दा माथिको कारोबारसँगै सरोकारवालाको करोडौँको विश्वास हामीले कमाएका छौँ । हाम्रो मुख्य उत्पादन गुण्स्तर चल्ला, दाना तथा अण्डा, कुखुराहरू किसान तथा उपभोक्ताको रोजाइमा छन् । 

दुई चार हजार कुखुरा पालेर सुरु गरेको पोल्ट्री फार्मबाट सुरु भएको श्रीनगरको यात्रा हाल ५ हजार कृषकको रोजिरोटीसँग जोडिएको छ । वार्षिक १०० करोडभन्दा माथिको कारोबारसँगै सरोकारवालाको करोडौँको विश्वास हामीले कमाएका छौँ । हाम्रो मुख्य उत्पादन गुण्स्तर चल्ला, दाना तथा अण्डा, कुखुराहरू किसान तथा उपभोक्ताको रोजाइमा छन्।

काठमाडौँको जेम्स पोल्ट्रीबाट सुरु गरेको हाम्रो उद्यमशीलताको यात्रा फैलाउने योजना अनुरूप रुपन्देही पुग्यौँ । अहिले पश्चिम नेपालमा पोल्ट्री क्षेत्रको छुट्टै ब्राण्डका रूपमा जनविश्वास पाएका छौँ । गुणस्तरीय उत्पादन उपभोक्तालाई उपलब्ध गराएर उपभोक्ताको स्वास्थमा योगदान मात्र गरेका छैनौँ, कृषक र साना उद्यमीहरूको पनि भरोसाको केन्द्र बनेका छौँ । समग्रमा श्रीनगरको दुई दशकको यात्रा थोरै चुनौतिपूर्ण र धेरै अवसरयुक्त रह्यो । कृषि क्षेत्रमा लागेर मेहेनत गर्ने हो भने कमाइ पनि उत्तिकै हुन्छ भन्ने मलाई लाग्छ । 

हालसम्म सेयर बजारमा कृषि कम्पनीले दरिलो उपस्थिति जनाउन नसकेको अवस्थामा तपाईं लिमिटेड कम्पनी बनाएर अगाडि बढ्दा भविष्य कसरी देख्नु भयो ? 

हामीले खासगरी लकडाउनको अगाडि, लकडाउन अवधि र त्यसपछिको समयमा पनि नेपाली जनता आईपीओमा निकै आकर्षण बढेको देखेका छौँ । राम्रो कम्पनी सेयर बजारमा आउने हो भने लगानीको कमी छैन भन्ने सन्देश पनि हो यो । कतिपय कम्पनीको बारेमा कम जानकार हुँदा पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ भने हामी त नेपालकै कृषि उद्यमशीलतामा सफल अभ्यास गरेको कम्पनी भएकाले पनि लिमिटेड कम्पनीमा जाने निर्णय गरेका हौँ ।

कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन । यसले त आम उपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ । अर्थतन्त्रलाई पनि यसले बढावा दिन्छ । आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगहरूले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो भन्ने हाम्रो निष्कर्ष छ । 

श्रीनगरले हाल फार्म (चल्ला/कुखुरा/अण्डा) र फिड (दाना) उद्योगमा सफल अभ्यास गरेको छ । कतिपय अवस्थामा मागअनुसार उत्पादन पुर्‍याउन पनि धौधौ पर्छ । यसैगरी अब फुड (तयारी कुखुरा, प्रोसेस्ड) मा पनि अगाडि बढ्ने गरी यो वर्षको योजना आगाडि बढाएका छौँ । श्रीनगरले राम्रो छवि बनाएको छ, व्यापार पनि गरेको छ । अब थप उद्यम विस्तार र व्यापार बढाउन लगानी पनि ठुलो आवश्यकता पर्ने भएकाले हामी लिमिटेड कम्पनीमा जाने निर्णय गरेका हौँ ।

कृषि कर्मले कम्पनी वा संस्था वा कृषकलाई मात्र फाइदा हुँदैन । यसले त आम उपभोक्तालाई पनि उत्तिकै फाइदा दिन्छ । अर्थतन्त्रलाई पनि यसले बढावा दिन्छ । आयातमुखी अर्थतन्त्रका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको सन्दर्भमा उत्पादनमा आधारित उद्योगहरूले नै अबका दिनमा उपभोक्ता, लगानीकर्ता र कृषकलाई लाभ दिने हो भन्ने हाम्रो निष्कर्ष छ । 

लगानीकर्तालाई आत्मसन्तुष्टी र मुनाफा दुबै भएमा मात्र लगानी गर्ने हो । हामीले हालसम्म गरेको कृषि उद्यमशीलताका कारण जो कोही लगानीकर्ताले पनि आत्मसन्तुष्टी पाउनु हुनेछ । जहाँसम्म मुनाफाको कुरा छ, दैनिक उपभोग्य वस्तुमा आधारित उद्योग भएको हुनाले अन्य जुन कुनै कम्पनीको तुलनामा यसको सेयर कम हुनेछैन भन्ने विश्वास दिलाउन चाहन्छु । प्रिआइपीओमा लगानीकर्ताले देखाएको उत्साहले हामी सही बाटोमा छौँ भन्नेमा थप ढुक्क भएका छौँ । 

आईपीओमा जानेगरी श्रीनगर एग्रिटेकले कसरी काम गरिरहेको छ ? 

श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेड भनेर हामीले नामकरण गरेका छौँ । प्रा.लि.लाई परिर्वतन  गरेर लिमिटेडमा लिएर गएका छौँ र यो लिमिटेड कम्पनीले अरू फार्म कम्पनीहरू किन्ने/मर्ज गर्ने प्रक्रियामा हामी छौँ, जुन अब सम्भवतः पहिलो त्रैमासभित्र सबै कामहरू सकिन्छ । यो आउने एक वर्ष हामी लिमिटेड कम्पनी भएको वासलात निकाल्नुपर्ने नेपाल धितोपत्र बोर्डको बाध्यकारी प्रावधान रहेको छ । त्यो हामी निकाल्छौँ  । यो बिचमा नयाँ कोषको स्रोतहरूमा प्राइवेट इक्युटी, भेन्चर क्यापिटल, अहिले आएर बिमा कम्पनीहरूले डाइरेक्ट लिमिटेड कम्पनीहरूमा पनि लगानी गर्न पाउने भन्ने कुरा छ ।

यी विभिन्न कुराहरूले कोषको स्रोतका ढोकाहरू खुला भएका छन् । जुन हिसाबले राष्ट्र बैंकले बैंकिङ फाइनान्सहरूलाई चाहिं १० देखि १५ प्रतिशतको म्यान्डेटरी इन्भेष्टमेन्ट यो क्षेत्रमा गर्नुपर्ने भनेका थिए, त्यस्तै इन्स्योरेन्स र प्राइवेट इक्युटीलाई पनि केही पुँजी कृषीमा आधारित क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने नियमको रूपमा आइदिएको खण्डमा हाम्रो क्षेत्रले यो सोर्स अफ फण्ड पनि अझ बढी मात्रामा पाउन सक्थ्यो । 

हामीले हालसम्म गरेको कृषि उद्यमशीलताका कारण जो कोही लगानीकर्ताले पनि आत्मसन्तुष्टी पाउनु हुनेछ । जहाँसम्म मुनाफाको कुरा छ, दैनिक उपभोग्य वस्तुमा आधारित उद्योग भएको हुनाले अन्य जुन कुनै कम्पनीको तुलनामा यसको सेयर कम हुनेछैन भन्ने विश्वास दिलाउन चाहन्छु । प्रिआइपीओमा लगानीकर्ताले देखाएको उत्साहले हामी सही बाटोमा छौँ भन्नेमा थप ढुक्क भएका छौँ ।

अब जहाँसम्म पुँजी संरचनाको कुरा छ, जब हामी तीन ओटै फार्म–फिड–फुड शाखाहरूलाई एकैठाउँमा राखेर काम गर्छौं त्यसमा पुँजी १०० करोड पुर्‍याउने हाम्रो लक्ष्य हो । त्यसमा पुग नपुग ५७ देखि ५८ करोड अहिले हामी सेयरहोल्डरहरूले नै पुर्‍याएका छौँ । बाँकी ४३ करोड चाँही अहिले हामीले यो रोड टु आइपीओको जुन साझेदारी नबिल इन्भेष्टमेन्ट छ। उहाँहरूसँग कुरा गर्दा १३ करोड जति हामीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने अवस्थामा राखेका छौँ र बाँकी ३० करोड चाहिं हामीले अन्य संस्थागत लगानीकर्ता, कुनै पनि सरकारी वा गैरसरकारी निकाय जसले यस्ता कम्पनीमा लगानी गर्न सक्छन् तिनीहरूको लागि भनेर छुट्याएका छौँ । यसरी हामी १०० करोडमा पुग्छौँ । 

सर्वसाधारण लगानीकर्ताले किन र कसरी श्रीनगरमा लगानी गर्न सक्छन् ? 

हामी सर्वसाधारणको रकम लगानी गरेर राम्रो प्रतिफल दिन स्पष्ट भिजन भएको र कामले प्रमाणित भइसकेको कम्पनी हौँ । कसरी भन्ने कुरा गर्दा अहिले एकजना व्यक्तिले कतिसम्मको सिलिङ राख्ने भन्ने कुराको विषयमा नबिल इन्भेष्टमेन्टले काम गरिरहेको छ । संस्थागत हिसाबमा चाहिं कम्तिमा पनि १ करोडभन्दा माथि नै अपेक्षा गरेका छौँ । संस्थाको प्रकृति हेरिकन उहाँहरूको यो इन्डस्ट्रिजसँगको कस्तो सम्बन्ध हुन सक्दछ भनेर त्यो संरचना त्यो पुँजीलाई १ करोडभन्दा तलमाथि पनि गर्न सकिन्छ । तर औसतमा ३० करोड लगानी संस्थागत छुट्टाएका छौँ भने १३ करोड सर्वसाधारणलाई छुट्याएका छौँ ।

फार्म–फिड–फुड शाखाहरूलाई एकैठाउँमा राखेर काम गर्छौं त्यसमा पुँजी १०० करोड पुर्‍याउने हाम्रो लक्ष्य हो । त्यसमा पुग नपुग ५७ देखि ५८ करोड अहिले हामी सेयरहोल्डरहरूले नै पुर्‍याएका छौँ । बाँकी ४३ करोड चाँही अहिले हामीले यो रोड टु आइपीओको साझेदारी नबिल इन्भेष्टमेन्ट छ।

जहाँसम्म कम्पनीको पर्फमेन्सको कुराहरू छ अब हामीले यो आर्थिक २०७९/८० वर्षको बुक क्लोज हुँदै गर्दा फार्म, फिड या अन्य व्यवसायले हामी १०० करोडभन्दा बढी नै कारोबार गरेका छौँ । अब आउने आर्थिक वर्षमा हामी कम्तिमा पनि डेढ सय करोडको बिक्रीलाई लक्षित गरेर हिँडेका छौँ ।  यो वर्ष बैंकको पनि लगानी यसमा बढ्नेछ । नयाँ संरचनाहरू थप्दाखेरी पनि बैंकिङ ऋण सुविधाहरू पनि थपेका छौँ । जसले गर्दा यो वर्ष क्षमताका आधारमा पनि नयाँ संरचनाहरूमा लगानी गर्नुपर्ने हुन्छ र भइरहेको कामलाई पनि सँगै लिएर जानुपर्ने हुन्छ । कम्पनीले ३ वर्षमा र डिभिडेन्डको लक्ष्य राखेको छ ।

चुनौति कस्ता छन् कृषि कम्पनीहरूका ? 

स्पष्ट योजना र लगानी भएमा खट्न सक्ने हो भने कृषि क्षेत्रमा अबसर नै बढी देख्छु । अन्य क्षेत्रको भन्दा पनि नेपालमा प्रक्रियागत झन्झटिलोपना नै प्रमुख चुनौति हो उद्यमशीलतामा । उद्यमीको कामलाई कमसेकम नियामक निकायले मर्म बुझिदिने र अलिकति छिटोछरितो माध्यामबाट काम गरिदिए सोचेको समयमा पूरा हुने थियो भन्ने लाग्छ । फार्म वा उद्योग विस्तारका लागि जग्गा प्राप्तिको विषय नै प्रमुख चुनौति बन्ने गरेको छ ।

हामीले यो आर्थिक २०७९/८० वर्षको बुक क्लोज हुँदै गर्दा फार्म, फिड या अन्य व्यवसायले हामी १०० करोडभन्दा बढी नै कारोबार गरेका छौँ । अब आउने आर्थिक वर्षमा हामी कम्तिमा पनि डेढ सय करोडको बिक्रीलाई लक्षित गरेर हिँडेका छौँ ।  यो वर्ष बैंकको पनि लगानी यसमा बढ्नेछ ।

हामीले क्षेत्र विस्तारको क्रममा हाल मात्रै पनि एटा ठाउँ छानेका थियाैँ, रुपन्देहीमा । भोलि आउने दिनमा सामाजिकदेखि अन्य कुराले अफ्ठ्यारो पर्न आउन सक्छ कि भनेर तेस्रो शाखालाई विस्तार गर्नको लागि बुटवल औद्योगिक क्षेत्रभित्र जान खोजिरहेका छौँ । यसरी लिएको क्षेत्रलाई हाम्रो अनुकूल बनाउत उत्तिकै मेहनत र परिश्रम गर्नुपर्ने बाध्यता छ । कुनै उद्योग खुल्नु भनेको स्थानीय सरकार, सर्वसाधारण, उपभोक्ता र समग्र देशकै लागि योगदान हुने विषय हो भन्ने कुरा सबैले महसुस मात्र गरेमा यस क्षेत्रका चुनौति आफै हटेर जान्छन् ।