कामना सेवा विकास बैंकको नाफा र प्रति सेयर आम्दानी घट्यो


काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा २६.९६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै बैंकले ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष सोहि अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा २०.०४ प्रतिशतले घटेको छ । बैंकको अघिल्लो आर्थिक वर्षमा ८६ करोड ४८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आर्थिक वर्षमा घटेर ६९ करोड १५ लाख रुपैयाँ रहेको जनाएको छ ।

खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आर्थिक वर्षमा २.३१ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर २.९८ प्रतिशत पुगेको उल्लेख गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी घटेको छ । अघिल्लो आर्थिक वर्षमा १८ रुपैयाँ ७८ पेसा रहेको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ।

बैंकले समीक्षा अवधिमा ५३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।