नेपाल रिपब्लिक मिडियाको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?


काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।

बिहीबार आज कम्पनीको ९६ लाख ७५ हजार कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई प्रतिकित्ता ८४ रुपैयाँ ४७ पैसादेखि २५३ रुपैयाँ ४१ पैसासम्म ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतबार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।

कम्पनीले सर्वसाधारण,बैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष र कर्मचारीहरुलाई निष्कासन गरेको ४३ लाख ५३ हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५३ लाख २२ हजार कित्ता गरेर कुल ९६ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत गराएको छ ।

धितोपत्र दोस्रो बजारमा कारोबारको लागि नेप्सेले कम्पनीलाई एनआरएम स्टक सिम्बोल प्रदान गरेको छ ।