सिद्धार्थ बैंकको प्रति शेयर आम्दानी २२.६४ रुपैयाँ


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९ ८० ३ अर्ब १९ करोड १ लाख ११ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको ९.९१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो।

बैंकको खुद व्याज आम्दानी ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रूपैयाँ कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब ५९ करोड ६८ लाख ४७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

अघिल्लो वर्ष बैंकको सञ्चालन मुनाफा ४ अर्ब २६ करोड ६५ लाख ५२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ५७ लाख रूपैयाँ कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ९.८३ प्रतिशतले बढि हो ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ८७.८५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १.०७ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा २.०१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ ६४ पैसा पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २ रूपैयाँ ४ पैसाले बढि हो ।