सानिमा बैंकको नाफा २५ प्रतिशतले बढ्यो


काठमाडौँ । सानिमा बैंक लिमिटेडको खुद २५.१३ प्रतिशतले बढेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत आर्थिक वर्ष २०७९ ८० मा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा बढेको जनाएको हो ।

बैंकको सञ्चालन मुनाफा ७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

बैंकको खराब कर्जा २९३.९४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.३३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा बढेर १.३० प्रतिशत पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने गत आर्थिक वर्षमा ६ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ रहेको छ ।