कुमारी बैंकको साढे ७ लाख कित्ता बढी सेयर लिलामीमा


काठमाडौं । कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर लिलामीमा राखेको छ ।

बैंकले आज साउन १९ गतेबाट ७ लाख ५७ हजार ६ सय ९९ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा राखेको जनाएको छ ।

उक्त सेयरमा पहिला विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यद्यपी विद्यमान सेयरधनीले खरिद नगरेको खण्डमा सर्वसाधारणले खरिद गर्न सक्ने बैकले जनाएको छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।