कुमारी बैंकको खुद नाफा घट्यो


काठमाडौँ । कुमारी बैंक लिमिटेडको खुद नाफा २४.१४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको हो ।

बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने गत आर्थिक वर्षमा ११ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको हो ।

बैंकको खराब कर्जा ४.७७ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा १.११ प्रतिशत रहेको थियो । बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ ।

बैंकको प्रति शेयर आम्दानी ५७.४७ प्रतिशतले घटेर ७.४६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षमा बैंकको प्रति शेयर आम्दानी १७.५४ रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । बैंकको सञ्चालन मुनाफा १५.२४ प्रतिशतले घटेको छ। बैंकको सञ्चालन मुनाफा ३ अर्ब ३ करोड रुपैयाँ मात्र रहेकोे छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुनाफा ३ अर्ब ५७ करोड रुपैयाँ थियो।