प्राइम, कुमारी र हिमालयन बैंक कार्बाहीमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राइम कर्मशियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कार्बाही गरेको छ । आर्थिक वर्ष २०७९ ८० को चौथो त्रैमासमा क वर्गका वाणिज्य बैैंकहरु र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले कार्बाही गरेको हो ।

राष्ट्र बैंकले प्राइम कर्मशियल बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पती गणना गर्दा वास्तविक भन्दा कम रहेको र प्रिमियम दर बढाई ब्याज असुल गरेको जनाएको छ ।
कर्मशियल बैंकले कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाइएको छ ।

यस्तै, कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको कारण कार्बाही गरेको छ । कुमारी बैंकले २०७९ माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण आर्थिक वर्ष २०७९ ८० मा पहिलो पटक ५९ लाख ६३ हजार ६९४ रुपैयाँ जरिवाना तिराएको छ ।

हिमालयन बैंकले भने आर्थिक २०७९ कार्तिकमा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण १ करोड ३९ लाख ४७ हजार ०२८ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।