सिटिजन लाइफको आइपिओ बाँडफाँड


काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको साधारण शेयर बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि ११ लाख २५, हजार कित्ता साधारण शेयरको बाँडफाँड गरिएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको थियो । कम्पनीले जारी पूँजी तीन अर्ब ७५ करोड रुपैयाँ मध्ये ३०% अर्थात एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता मध्ये १०% अर्थात ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो ।

कम्पनीको प्रति शेयर रु.१००÷अङ्कित दरमा प्रिमियम वापत रु.१४४÷थप गरी प्रति शेयर मूल्य रु.२४४÷– को दरमा २०८० असार ३१ गतेदेखि २०८० साउन १४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । निष्काशित शेयरहरुको सोमबार (आज) बाँडफाँड गरिएको हो ।

कम्पनीको साधारण शेयरमा १९ लाख ३० हजार ९०० कित्ता खरिदका लागि २७ हजार ६३२ जना बाट आवेदन परेको जनाएको छ । कम्पनीका अनुसार त्यसमध्ये ४ जना आवेदकहरुबाट ३३० कित्ता रितपुर्वक नदेखिएकोले रद्द गरी कूल २७ हजार ६२८ जना आवेदकहरुबाट १९ लाख ३० हजार ५७० कित्ताका लागि रितपूर्वक दरखास्त प्राप्त भएकोमा सबै आवेदकहरुलाई न्युनतम १० देखि ४० कित्ता सम्म माग गर्ने ७ हजार ८८५ आवेदकहरुलाई माग बमोेजिमका १ लाख ५४ हजार ९९० कित्ता तथा ५० देखि २ हजार ००० कित्ता सम्म माग गर्ने १९ हजार ७४३ आवेदकहरुलाई ४० कित्ताका दरले ७ लाख ८९ हजार ७२० कित्ता गरी कुल ९ लाख ४४ हजार ७१० कित्ता बाँडफाँड गरेको जनाएको छ ।

सो बाँडफाँड पश्चात् बाँकी रहेको १ लाख ८० हजार २९० कित्ताको हकमा ५० देखि २ हजार कित्ता सम्म मागगर्ने १९ हजार ७४३ जना आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँड गर्न अपुग हुनेभएकाले ५० देखि २ हजार कित्ता सम्म मागगर्ने सम्पुर्ण आवेदकहरुलाई एउटै समूहमा राखी गोलाप्रथा विधि द्धारा थप १० कित्ताका दरले १८ हजार ०२९ जना आवेदक छनोट गरी १ लाख ८० हजार २९० कित्ता बाँडफाँड गरेको उल्लेख गरेको छ ।