सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ भोलिदेखि सुरु हुँदै, देशभरका सर्भिस सेन्टरबाट फाइदा लिन सकिने


काठमाडौँ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

मनसुन मौसममा वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले उक्त क्याम्पको आयोजना गरेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जित्न सक्नेले कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी\हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउनुहुनेछ भने लेवर चार्जमा २०% छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट हुनेछ ।

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने कम्पनीको भनाइ छ ।