सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन ३२ देखि आवेदन दिन पाउने


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयरमा साउन ३२ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले निष्काशन गरेको प्रिमियम सहितको साधारण सेयरमा लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेआवेदन दिन सकिने छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो ।

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने बोर्डबाट अनुमती पाएको थियो ।

जसमध्य पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। बाँकी रहेको मध्य ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित रहेको जनाएको छ।

प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी २३९ रुपैयाँमा बिक्री खुला गर्न लागेको हो । यस साधारण सेयरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

हाल इन्स्योन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हालसम्म २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।