सेयरबजारमा हरियाली, ४१ अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयरबजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ७.४८ अंकले बढेर ३९३.०५ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये म्युचुअल फण्ड घटेको छ भने बाँकी १२ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको सबैभन्दा बढी सेन्चुरी डिबेन्चर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत र ८.०५ प्रतिशतले घटेको छ ।

बुधबार नेप्सेमा हिमालयन लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त, मन्दाकिनी हाइड्रोपावर र एसियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.८३, ९.७५, ९.५७, ९.३९ र ८.९१ प्रतिशतले बढेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको । कम्पनीको १५ करोड ५० लाख २६ हजार रुपैयाँ बराबरको कारो भएको छ ।

कुल २६५ कम्पनीको ५० लाख १० हजार ७ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।