लाभांश बुझिलिन सेयरधनीलाई एभरेष्ट बैंकको आग्रह


काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ । आर्थिक वर्ष २०५५ ५६ देखि २०७४ ७५ बैंकले ५ वर्ष पुरानो लाभांश भुक्तानी लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो ।

बैंकले आज एक सूचना जारी गर्दै नगद लाभांश भुक्तानी हुन बाँकी रहेको सेयरधनीको विवरण वेवसाइटमा उल्लेख गरिएको जानकारी दिएको छ ।

यस अवधिमा साधारण शेयर र अग्राधिकार सेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।

सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको शेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ।