भदौ १० गतेदेखि हकप्रद सेयर जारी गर्दै मल्टिपर्पस फाइनान्स


काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यहि भदौ १० गतेदेखि आफ्ना सेयरधनीहरुलाई ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अथवा १ः०ः३५को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अकिंत दरमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।

उक्त हकप्रद सेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुममित प्राप्त सी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवार िमुक्तिनाथ क्यापिटललाई दिएको छ ।

यसर्थ लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।