नेप्से परिसूचकमा सामान्य वृद्धि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ८ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड अग्रस्थानमा रहेको छ ।

आजको दिन अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने हिमालयन लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २६९ कम्पनीको ५५ लाख ३ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९ सय ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।