घोराही सिमेन्टको आइपीओ नेप्सेमा सूचिकृत, कारोबार रेञ्ज कति ?


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा घोराही सिमेन्टको आईपीओ सुचिकृत भएको छ । कम्पनीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचिकृत भएसँगै आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कम्पनीको सेयर नियमित कारोबारमा आउने छ । आइतबार नेप्सेको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि २२६.६१ रुपैयाँ देखि ६७९्८३ रुपैयाँसम्मको सुरुवाती रेञ्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने छ । कम्पनीको दोस्रो बजारमा कारोबारको लागि GCIL संकेत प्रदान गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई सेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपीओ स्थगित भएको थियो ।

फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुनस् खुला गरिएको थियो ।