दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन (आइतबार) सेयरबजार दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ अंकमा पुगेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ९ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ४ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड अग्रस्थानमा रहेको छ ।

आज थ्रिस्टार हाइड्रोपावर लिमिटेड, उप्पर स्याङ्गे हाइड्रोपावर, माउण्टेन इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने घोराही सिमेन्ट इन्डष्ट्रीका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।