बैंकको खराब कर्जा एक वर्षमै दोब्बर


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब पछिल्लो एक वर्षमै झण्डै दोब्बरले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार खराब कर्जा बढेको छ ।

त्यसमध्ये पनि सबैभन्दा बढी खराब कर्जा मर्जर तथा एक्विजिसन भएका वाणिज्य बैंकहरूको देखिएको छ । मर्जर भएका अधिकांश बैंकहरूको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ । मर्जर भएर एकिकृत कारोबार गरेका ४ बैंकहरूको खराब कर्जा खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ ।

सबैभन्दा कुमारी बैंकको खराब कर्जा ४.७७ प्रतिशत, हिमालयन बैंकको ४.७५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.३५ प्रतिशत र प्रभु बैंकको ४.१६ प्रतिशत छ । प्राइम कर्मशियल बैंकको पनि खराब कर्जा ४.२३ प्रतिशत पुगेको छ । मर्ज भएका बैंकहरूले कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताउने गरेका छन् ।

एक वाणिज्य बैंकका उच्च अधिकारीले मर्ज भएका बैंकहरूको कर्जा डिफल्ट देखाउँदा खराब कर्जा बढेको बताए । उनले भने, “बैंकहरू मर्ज भएर आइसकेपछि ठुला बैंक भन्नेहरूले अर्को बैंकको लगानी गर्न नजानेको जसरी कर्जा डिफल्ट गरेको कारण खराब कर्जा बढेको देखाइरहेका छन् ।”

अर्का एक वाणिज्य बैंकका उच्च अधिकारीले मर्ज भएका बैंकहरूले ठुला बैंक र साना बैंक दुईटैको कर्जा ‘डिफल्ट‘ देखाउँदा खराब कर्जा बढेको बताए ।

पूर्व बैंकर अनलराज भट्टराईले मर्जसँग खराब कर्जाको लिंक नहुने बताए । “अहिलेसम्म व्यापार व्यवासायमा मन्दी छ । कर्जा उठ्न सक्ने अवस्थामा रहेको छैन । व्यापार व्यवसाय नगद चक्र अप्ठेरो परेको अवस्था छ । यो समग्र अर्थतन्त्रको असर हो,” उनले भने ।

भट्टराई उपभोक्ताको माग शिथिल रहेको, उत्पादन भएको वस्तु बिक्री छैन नभएका कारण बजारमा नगद चलायमान नहुँदा बैंकको ऋण तिर्न नसकेर खराब कर्जा बढेको बताउँछनु । “बैंकको तिर्न सम्पत्ति विक्री भइरहेको छैन । शेयर बजार गिर्दो अवस्थामा छ । रियल स्टेट पनि मन्द छ । यसको असर हो ।”

एक पूर्व बैंकरले कर्जा ‘डिफल्ट’ देखाएको कारण खराब कर्जा बढेको सम्भावना पनि हुन सक्ने बताए । उनले भने,“यसमा कति सत्यता छ त्यो थाहा भएन । यसमा अर्को कारण पनि छ । साना बैंक ठुला बैंकसँग मर्ज भएपछि जुन साना बैंकहरू कर्जा डिफल्ट देखाएर, गुणस्तर राम्रो नभएर लुकाउन गएका थिए त्यो देखिएको पनि हुनसक्ने अवस्था छ ।”

पूर्व बैंकर भट्टराईले कतिपय मान्छेले समूह बनाएर कर्जा तिर्नुपर्दैन भनेर आवाज उठाएपछि त्यसको नकारात्मक असर परेको बताए ।

“बैंक तथा वित्तीय संस्था र व्यापार व्यवसायमा जुन किसिमको विश्वासको संकट उत्पन्न भएको छ । कतिपय मान्छे समुह बनाएर कर्जा तिर्नुपर्दैन भनेर आवाज उठ्यो त्यसको नकारात्मक असर परेको छ,” उनले भने, “कर्जा लिने अनि तिर्नुपर्दैन भनेर कहाँ पाइन्छ ? तिर्नुपर्दैन भन्ने भावना आयो त्यसले गर्दा बिग्रिएको हो । नेपालमा सानो कर्जा जहिले पनि राम्रो थियो यसपाली सानो कर्जा बिग्रन थाल्यो त्यसले गर्दा कर्जाको जोखिम बढेको छ । जोखिम मर्ज भएको नभएको सबै क्षेत्रमा रहेको छ ।

कुन बैंकको खराब कर्जा कति ?

आर्थिक वर्ष २०७९ ८० मा सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको छ । कुमारी बैंकको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कर्जा १.११ प्रतिशत थियो । हिमालयन बैंकको खराब कर्जा ४.७५ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कर्जा १.५९ थियो ।

अघिल्लो आर्थिक वर्षमा १.४९ प्रतिशत खराब कर्जा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको गत आर्थिक वर्षमा बढेर ४.३५ प्रतिशत पुगेको छ । प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.८६ प्रतिशत खराब कर्जाे थियो ।
यस्तै, गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकको खराब कर्जा ३.०८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.२८ प्रतिशत खराब कर्जा थियो । गत आर्थिक वर्षमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा २.८१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा ०.८९ प्रतिशत थियो ।

नबिल बैंकको खराब कर्जा १.२३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.६४ प्रतिशत खराब कर्जा थियो ।
यस्तै, गत आर्थिक वर्षमा प्राइम बैंकको खराब कर्जा ४.२३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा १.७७ प्रतिशत थियो । सिटिजन्स बैंकको खराब कर्जा २.२२ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगको छ ।

अघिल्लो आर्थिक वर्षमा १.०४ प्रतिशत रहेको माछापुच्छ«े बैंकको खराब कर्जा बढेर २.१२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.९५ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा २.०९ प्रतिशत खराब कर्जा थियो ।

गत आर्थिक वर्षमा सिद्धार्थ बैंकको खराब कर्जा २.०१ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा १.०७ प्रतिशत खराब कर्जा थियो । अघिल्लो आर्थिक वर्षमा १.४५ प्रतिशत रहेको एनएमबि बैंकको खराब कर्जा बढेर गत आर्थिक वर्षमा २.७२ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.१७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.५९ प्रतिशत खराब कर्जा थियो । अघिल्लो आर्थिक वर्षमा १.८३ प्रतिशत रहेको नेपाल बैंकको खराब कर्जा बढेर २.८५ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षमा सानिमा बैंकको खराब कर्जा १.३ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ०.३३ प्रतिशत खराब कर्जा थियो । अघिल्लो आर्थिक वर्षमा ०.१२ प्रतिशत एभरेष्ट बैंकको खराब कर्जा ०.७९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा एनआईसी एशिया बैंकको खराब कर्जा ०.८० प्रतिशत पुगेको छ अघिल्लो आर्थिक वर्षमा ०.५६ प्रतिशत खराब कर्जाे थियो ।
गत आर्थिक वर्षमा कृषि विकास बैंकको खराब कर्जा २.४८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा २.०९ प्रतिशत खराब कर्जा थियो । अघिल्लो आर्थिक वर्षमा ०.१५ प्रतिशत रहेको नेपाल एसबिआई बैंकको खराब कर्जा बढेर २.४३ प्रतिशत पुगेको छ ।