साना किसान लघुवित्तको नाफा बढ्यो


काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफा १६.७५ प्रतिशतले वृद्धि भएको हो । लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार यस संस्थाको नाफा वृद्धि भएको जनाएको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ८१ करोड ४१ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त मर्र्ज भएको हो । लघुवित्तले १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि २३.९७ प्रतिशतले बढेको जनाएको छ ।

लघुवित्तको वितरणयोग्य नाफा १०९.७७ प्रतिशतले बढेको छ । वितरणयोग्य नाफा १ अर्ब ७३ करोड ९३ लाख १८ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार रुपैयाँ रहेको लघुवित्तले जनाएको छ ।

प्रतिसेयर आम्दानी ४०.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५९.३९ रुपैयाँ र खराब कर्जा ०.६१ प्रतिशत रहेको जनाएको छ ।