छिमेक लघुवित्तको नाफा १२ प्रतिशतले बढ्यो


काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा १२.१० प्रतिशतले बढेको छ ।

लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा १ अर्ब ६ करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा लघुवित्तले ९४ करोड ७२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको वितरण योग्य नाफा ८३ करोड ८ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.१४ प्रतिशतले बढेको हो ।

विवरण अनुसार प्रतिसेयर आम्दानी ३७.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३८.२७ पैसा र खराब कर्जा १.७२ प्रतिशत रहेको छ ।