एमजीले ल्यायो एक्सचेन्ज अफर, जुनसुकै गाडी ईभीसँग साट्न मिल्ने


काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले एक्सचेन्ज अफर ल्याएको छ ।

आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ ।

श्रावण २६ देखि भाद्र २४ सम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुन कम्पनीले जनाएको छ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।