अप्पर लोहोरे हाइड्रोको आईपीओ बाँडफाँड


काठमाडौँ । अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० बाँडफाँड भएको छ । सोमबार बाँडफाँड गरिएको आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको थियो ।

कुल १३ लाख ६१ हजार १ सय ५४ जना लगानीकर्ताहरूले आवेदन दिएकामध्ये १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन योग्य रहेको जनाइएको छ ।

आवेदन धेरै परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ । जसमध्ये १ लाख ९५ हजार ३ सय २७ जना लगानीकर्ताहरूलाई परेको छ । त्यसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर सर्वसाधारण लागि छुट्याएको थियो।

वैदेशिक राजोगारीमा रहेका नेपालीहरुका लागि १ लाख ९८ हजार ८२४ कित्ता, कर्मचारीहरुका लागि ३९ हजार ७६५ कित्ता र सामुहिक लगानी कोषहरुको लागि ९९ हजार ४१२ कित्ता छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर पनि सर्वसाधारणका लागि थप गरी निष्कासन गरेको थियो ।