चन्द्रागिरी हिल्सको मुनाफा १५ करोड माथि, प्रतिसेयर नेटवर्थ कति ?


काठमाडौं । व्यवसायमा सुधार भएसँगै गत आर्थिक वर्ष २०७९–८०मा चन्द्रागिरी हिल्सको मुनाफामा उछाल आएको छ । आज सार्वजनिक भएकोे वित्तीय विवरणअनुसार कम्पनीले चौथो त्रैमाससम्ममा १५ करोड ११ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

उक्त मुनाफा अघिल्लो आर्थिक वर्षमा भन्दा ७९६.४१ प्रतिशतले बढि रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

अघिल्लो वर्ष ६६ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनी सञ्चालन आम्दानी गत आर्थिक वर्षमा ९१ करोड ३४ लाख रुपैयाा पुगेको छ । यस्तै, यसको कूल नाफा पनि ५६ करोड ४० लाख रुपैयाँबाट बढेर ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष २३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जगेडा कोष ३९ करोड ५५ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९.८५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १.१० रुपैयाँ थियो। कम्पनीले ईपीएसमा ७९५.४५ प्रतिशतको रहेको छ भने प्रतिसेयर नेटवर्थ ८४.७२ रुपैयाँ रहेको छ।