नेप्सेमा ३१ अंकको गिरावट, हिमालय डिष्ट्रिलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार भारी अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यूचुअल फण्डबाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालय डिष्ट्रिलरी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा इमर्जिङ नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.ं१८ प्रतिशतले बढेको छ ।

त्यस्तै हिमालयन डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६९ प्रतिशतले घटेको छ ।

कुल २७८ कम्पनीको ५६ लाख ३ हजार १ सय ७९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३ सय ६९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।