सार्वजनिक यातायातको भाडा बढ्यो, अब कहाँ जान कति ? (दरसहित)


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो ।

तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४।७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६।१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६।८३ प्रतिशतले बढेको हो ।

सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५।८३ रुपैयाँ पुर्‍याएको छ ।

यस्ताे छ नयाँ मूल्य: