नेप्सेमा २० अंकको गिरावट, कारोबार रकम डेढ अर्बमा खुम्चियो


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ५.५१ अंकले घटेर ३८६.३० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा हिमालय डिष्ट्रिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड ४१ लाख ५० हजार १ सय ६० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सनसाइज फोकस इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल २६९ कम्पनीको ४८ लाख ३८ हजार १ सय ६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६ सय २३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।