रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँड


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० बुधबार बाँडफाँड गरिएको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार आईपीओमा अन्तिम दिनसम्म कुल १३ लाख ६४ हजार ३ सय ५३ जना लगानीकर्ताहरूले आवेदन दिएका मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्रै योग्य थिए । आवेदन धेरै परेपछि गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख ६० हजार जना लगानीकर्ताहरूलाई सेयर परेको छ ।

साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणको लागि आईपीओ बिक्री गरेको थियो । १०० रूपैयाँ फेस भ्यालुमा १५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको १२ लाख कित्ता, कर्मचारीहरूका लागि ६ लाख कित्ता आईपीओ प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमै बिक्री र ६ लाख कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।